लण्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक ५ मे २०१९ का दिन लण्डनको प्लम्स्टेडमा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले निम्न लिखित विभिन्न निर्णयहरु गरेको छ ।
निर्णयहरु जस्ताको त्यस्तै
१. नेपाल प्रेस य़ुनियन बेलायतको ३१ मार्च २०१९ मा सम्पन्न प्रथम ऐतिहासिक अधिबेशन सफलता पूर्बक सम्पन्न भएकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन ।
बिशेष धन्यवाद
क. केन्द्रीय अध्यक्ष्य बद्रि सिग्देल, उपाध्यक्ष्य बाला अधिकारी र महासचिब अजयबाबु शिवाकोटी नेपालबाट बेलायतसम्म आइ सौहाद्रपुर्ण बाताबरणमा सर्बसम्मत रुपमा अधिबेशन सम्पन्न्न गराउनु भएकोमा धन्यबाद एबम आभार प्रकट गर्दछ । साथै नेपालबाट आउनुभई अधिबेशनको सफलतामा सहभागी हुनुभएका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्टलाइ पनि बिशेष धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको छ ।
ख. अधिबेशनमा उपस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख शरदराज आरन , नेपाली जनसम्पर्क समितिका अध्यक्ष्य युबराज गुरुङ , एनआरएन केन्द्रिय उपाध्यक्ष्य कुल आचार्य, एनआरएन युकेका प्रतिनिधि एबम उपाध्यक्ष्य शेरबहादुर सुनार, अर्का उपाध्यक्ष्य ललित नेउपाने, महासचिब राजकुमार त्रिपाठी, नेसाका अध्यक्ष्य केशबहादुर गुरुङ, जनसम्पर्क समितिका उपाध्यक्ष्यद्वय महेशकुमार दाहाल र सुरज के सी , महासचिबद्वय केशब भण्डारी र सुर्य तामांग, नेपाली कांग्रेसका महासमिति सदस्य बिज्ञान प्रसाई, नेपाल पत्रकार महासंघ युके का अध्यक्ष्य नरेश खपांगी , बरिष्ठ उपाध्यक्ष्य युरोपको नेपालीपत्रका सम्पादक ध्रुबराज अर्याल, बुद्ध फाउन्द्देषण युकेका अध्यक्ष्य दीपक श्रेष्ठ , महासचिब अर्जुन कटुवाल, प्रतिभा नछत्र परिवार , अधिबेशन हल र बैठक हल प्रदान गरि बिशेष सहयोग गर्ने देबिमया पून र गेसो परिवार, संचारकर्मी पत्रकारहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधिज्युहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।
ग. बिशेष सहयोगीहरु चिरन्जिबी ढकाल , कमल भण्डारी (ग्रान्थम) , राजेन कंडेल , मनोज मेहता , दयानिधि सापकोटा , जिबन सेन (चौतारी रेस्टुरेन्ट ), कमल पौडेल ( इएमइ लण्डन) लगायतका समाजसेबीहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।
घ. नेपाल प्रेस युनियन बेलायतका सस्थापक सदस्यहरु, तदार्थसमितिका निबर्तमान सदस्यहरु र निबर्तमान सह-संयोजक संजय भक्त कंडेललाइ पनि बिशेष धन्यबाद एबम आभार ब्यक्त गरिएको छ ।
२. प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसंग समन्वय गर्न र भाबी कार्यक्रमहरुको तर्जुमा गर्न नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलालाइ जिम्मा दिने निर्णय गरिएको छ।
भाबी कार्यक्रमहरुबारे:
३. एन आर एन युके र नेपाल प्रेस युनियन युके बीच अन्तरक्रिया गर्ने (एनआरएन – प्रेस अन्तरक्रिया), यसको लागि कार्यसमितिका उपाध्यक्ष्य खेमराज रानाभाटलाइ कार्यक्रम संयोजक चयन गरिएको छ ।
४. बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सिलरहरुसंग अन्तरक्रिया गर्ने, यसको लागि कार्यसमितिका अर्का उपाध्यक्ष्य एभरेस्ट गौतमलाइ कार्यक्रम संयोजक चयन गरिएको छ ।
५. समाबेसी प्रेसका लागि आदिबासी जनजाति संघ-सस्था संग समन्वय र अन्तरक्रिया गर्ने,
६. वेल्शमा रहेका नेपाली संघ-सस्था संग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुको खोजि गरि सदस्यता वितरण एबम विस्तार गर्ने, यसको लागि कार्यसमितिका सचिब मन्दिप केसी संयोजक चयन गरिएको छ ।






