वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरूले भारतले गरेको नाकाबन्दीविरुद्ध वाशिंगटन डिसीस्थित ह्वाइट हाउस अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् ।
विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा नोभेम्बर २२ तारिखमा ह्वाइट हाउस नजिकैके लाफायते पार्कमा विरोध कार्यक्रम गरिने जानकारी रामचन्द्र खरेलले दिएका छन् ।
बिरोध प्रदर्शनीलाई व्यापक सहभागितामुलक बनाउन अमेरिकामा रहेका संघ संस्थाका पदाधिकारी, ब्यवसायी, बुद्धिजीवी, विद्यार्थी लगायत सबैलाई समेटिने बताइएको छ ।
अमेरिकामा रहेका भारतीय मुलका नागरिक तथा अमेरिकन नागरिकलाई समेत सहभागी गराउने आयोजकको लक्ष्य छ । अघोषित नाकाबन्दी बारेमा अमेरिकन सांसद (कांग्रेस म्यान)लाई समेत ध्यानाकर्षण गराउन लागेको गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्कीले बताए ।
साथै आयोजकले सबै नेपालीलाई नेपालीहरुको पहिचान हुने नेपाली संस्कृति झल्कने पोशाक लगाएर सहभागी हुन प्रोत्साहन गरेको छ l
ह्वाइट हाउस अगाडि भारतीय नाकाबन्दीविरुद्ध ब्यापक प्रदर्शनको तयारी






