लण्डन । भारतले नेपालमा दुई महिना अघिदेखि नाकाबन्दी गरेको विषयमा संसारभर विरोध भइरहेका बेला लण्डनका एक सांसद म्याथु पेनिकुकले बेलायतका तर्फबाट कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सांसद पेनिकुक लाई नेपाली विद्यार्थी अभियन्ता गणेश खड्का र नेविसंघ बेलायतका कार्यवाहक अध्यक्ष गणेश दाहालले शनिबार बिहान भेटेका थिए ।
नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न हुन लागेको अवस्थाबारे जानकारी गराउंदै यसको तत्काल निकास खोज्न बेलायतको कुटनीतिक पहलका लागि पहल गरिदिन उनलाई आग्रह गरेको दाहालले बताए ।
सांसद म्याथु पेनिकुकले भने – नाकाबन्दीका विषयमा नियमित ध्यानाकर्षण भएको बताउँदैं जारी अवस्था परिणाममुखी वार्ताबाट समाधाना गर्न उत्प्रेरित गरिरहेको बताएका छन् । नेपालमा गहिरिदैं गएको मानवीय संकटका विषयमा नेपाल सरकारसँग नजिक रहेर काम गरिरहेको पनि बताएका छन् ।
म्याथु पेनिकुक ग्रिनविच क्षेत्रका लेबर पार्टीका सांसद हुन् ।








