लन्डन । गुल्मी जिल्ला वासी प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ तथा गुल्मीका पालिका अध्यक्षहरु लन्डन आउने भएका छन् । प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री, धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याल यही १९ मे बिहान लन्डन उत्रने कार्यक्रम छ ।
हाइ प्रोफाइल गुल्मेलीहरु बेलायतको अवलोकन भ्रमणमा आउन लागेका हुन् । बेलायतको विकास, संसदीय अभ्यास प्रत्यक्ष अवलोकन एवं बेलायत स्थित गुल्मी जिल्ला समाज युके ,नेपाली समुदायका कार्यक्रममा साक्षात्कार गर्ने,गोर्खा परिवारका सदस्य र काउन्सिलका काउन्सिलरहरु र सरकारी अधिकारीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम छ । उनीहरु १ हप्ता पछि २७ मेमा नेपाल फर्कने कार्यक्रम छ ।
गुल्मी जिल्ला लुम्बिनी प्रदेशको शैक्षिक एवं पर्यटकीय दृष्टिले अग्रणी जिल्ला हो। प्राकृतिक सौन्दर्य र संस्कृतिले धनी मानिने गुल्मी जिल्ला शैक्षिक र सामाजिक दृष्टिले समेत त्यत्तिकै अग्रणी छ। यस जिल्लाको सदरमुकाम तम्घास रहेको छ।
गुल्मीलाई संघीय संसदको २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। त्यसैगरी प्रदेशका ४ निर्वाचन क्षेत्र रहेका छन्। गुल्मी जिल्लामा १२ स्थानीय तह रहेका छन्। ती हुन्, रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, ईश्मा गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका हुन् ।






