नेपाल आइडलबाट चर्चित बनेका कृशल कडेल र मीनराज पौडेलको गीत “बरिलै” भाइरल बन्दै

लण्डन । नेपाल आइडल २ बाट चर्चामा आएका गायक द्वय कृशल कडेल र मिनराज पौडेलले एक साथ गाएको गीत “बरिलै” म्युजिक भिडियो सहित रिलिज गरिएको छ। गीत रिलिज भएको केही घन्टामा नै भाइरल बन्दै युट्युबमा १२० हजार पटक हेरिएको छ भने १२ हजार लाइक र हजारको हाराहारीमा कमेन्ट बटुल्न सफल भएको छ।

मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए।

लोक फ्युजन शैलीको उनीहरुको यो युगल गीतमा संगीत, स्वयं गीतकार नृपेश उप्रेतीको रहेको छ। बेलायतमा बसोबास गर्ने नृपेश लामो समय देखि गीत गजल लेखनमा सक्रिय छन् र पहिलो पटक आफैले यो गीतमा संगीत भरेका हुन्। यसमा संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन्। भिडियोमा स्वयं गायक द्वय कृशल र मिनराजले चर्चित मोडल करिष्मा ढकाल को साथमा अभिनय गरेका छन्। भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक प्रबिन थापा बताउँछन्। भिडियोको छायांकन नमराज घिमिरेले गरेका हुन भने सम्पादन र कलर शक्ति प्रज्वल घिमिरेले गरेको हुन। भिडिय व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो।

यस अघि कृशलको आवाजमा आएको “ओढेर घूँघट” बोलको गीत निकै मन पराइएको थियो। मिनराजको भने यो पहिलो गीत हो। साथै नेपाल आइडल २ का सहभागीहरु मध्य कृशल र मिनराजको सम्बन्ध निकै घनिष्ठ र सुमुधुर बनेको थियो। प्रतियोगिताबाट मिनाराज बाहिरिदा कृशल डाँको छोडेर रोएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *