शिब भण्डारी / प्रकाश कँडेल – भूपू गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि विशाल बिरोध जुलुस को प्रदर्शन गरेका छन् । भूपु गोर्खाहरुको आवाज र मागहरुमा समर्थन जनाउंदै ब्रिटिश भेटानहरुले सो खबरदारी बिरोध सभा को आयोजना गरेका थिए जसमा भूपू गोर्खा र तिनका परिवार सहभागी भए । यूके भेटान्स् वान भोइसले बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा हजारौ को सहभागिता रहेको थियो ।
बेलायती रक्षा मन्त्रालय को पछाडी को स्थान बाट मार्च पास गर्दै अगाडि बढेको प्रदर्शन जुलुस टाफलगर स्क्वायर हुंदै प्रधानमन्त्री कार्यालय अगाडि पुगेर बिशाल सभामा परिणत भएको थियो । ज्ञापनपत्र बुझाइएपछि भूपू गोर्खाहरुले मन्तव्य राख्दै आफ्नो आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेका छन् ।






