लन्डन । गुल्मेली गायक सुनिल थापाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै एउटा नयां चुनावी गीत सार्वजनिक गरेका छन् । मुलुक स्थानीय निर्वाचनमा होमिइरहेका बेला थापाले हालैमात्र उक्त गीत सार्जजनिक गरेका हुन् । गीतमा प्रतिपक्ष नेपाली कांग्रेसलाई जिताउन प्रेरित गर्ने शब्दहरु समेटिएको छ । नेपाली कांग्रेसप्रति आस्थावान चर्चित एवं लोकप्रिय दोहोरी गायक थापाले रुख चिन्हमा मत दिएर देशलाई अग्रगामी परिवर्तनको आभास दिलाउन अभिप्रेरित गरेका छन् । उनलाई गायनमा गायिका राधिका हमालले साथ दिएकी छन् ।
पेशाले दरबार दोहोरीमा दिनहुं गायन प्रस्तुत गर्ने थापाले विभिन्न लोक श्रष्ठाहरुलाई आफ्नो दोहोरीमा बोलाएर सम्मान पनि गर्ने गरेका छन् ।
हेर्नुस् म्यूजिक भिडियोः







