गोर्खा रेडियोको नयाँ वर्ष कार्यक्रम १६ अप्रिल फेल्थाममा हुने

Gorkha readio 026
गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेत

लन्डन । नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको आयोजनामा १६ अप्रिल आइतवार नयाँ वर्ष कार्यक्रम हुन लागेको हो ।

नेपाली कला, संस्कृति र पराम्परालाई निरन्तरता दिने र भावी पुस्ताहरूमाझ पनि आफ्ना परम्परा र संस्कृतिलाई समयसापेक्ष एवं परिमार्जित गर्दै लैजानको लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले जनाए । गोर्खा इन्टरटेनमेन्ट यूकेको संयोजनमा आइतवार लन्डनस्थित फेल्थाम कम्यूनिटी कलेजमा वेलायतस्थित संचारकर्मीको बाक्लो उपस्थित रहने बताएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुखआतिथ्यमा हुने कार्यक्रममा वुद्धिजिवी, समाजसेवी, कलाकार लगायतको सहभागिता रहनेछ । नेपाली मौलिक सा‌स्कृतिक परम्परालाई पनि निरन्तरता दिन सकेमा विदेशी भूमिमा नेपाली भाषासंस्कृतिको प्रर्वधन गर्न सकिने बस्नेतले बताए ।

नेपाली कला, संस्कृती र परम्परालाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न उपस्थितिको लागि गोर्खा रेडियोले आग्रह गरेको छ ।gorkha1