लण्डन । बेलायतस्थित नेपाली पण्डितहरूले नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान समारोह गर्ने भएका छन् । पश्चिम लण्डन पण्डित समूहले आउँदो वैशाख १, २०७६ आइतबार (१४ अप्रिल) पश्चिम लण्डनको साउथहल विश्व हिन्दू मन्दिरमा वसन्त उत्सव तथा धार्मिक अनुष्ठान गर्न लागेको हो ।

उक्त अवसरमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सत्यनारायण पूजा, व्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन, १६ वर्ष मुनिका वालवालिकाद्वारा धार्मिक चित्रकला प्रदर्शन हुनेहुने पश्चिम लण्डन पण्डित समूहका पं. चिरञ्जीवि ढकालले हामीलाई जानकारी दिए ।

नव वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान कार्यक्रम’ तयारीका लागि पं. गोविन्द नेपाल, पं. दुर्गाप्रसाद पोख्रेल, पं.नारायण ‘गाउँले’, पं. शेखर काफ्ले पं. चिरञ्जीवि ढकाल र श्री होमनाथ पौडेलद्वारा सत्यनारायण पूजा ब्रत कथा ग्रह शान्ति तथा भजन कीर्तन गरिने कार्यक्रममा पण्डितहरूले बेलायतबासी सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सहभागी हुन आमन्त्रण समेत गरेका छन्

फेसबुक कमेन्ट