सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट काठमाडौ ल्याउँदै गरेको अवस्थामा भक्तपुर प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सोमबार राति भक्तपुरको जगातीमा प्रहरीले तातोपानीबाट काठमाडौं आउँदै गरेको ना२ख ५०५८ नम्बरको स्याउको कन्टेनरबाट २३ किलो सुन बरामद गरेको हो ।
चालक बस्ने सीट नजिकै प्लास्टिकभित्र राखिएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कन्टेनरका चालक बुद्धिबहादुर श्रेष्ठ, खलासी अनिल श्रेष्ठ र सोही कन्टेनरमा आएका राजबहादुर कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छ ।
चालक श्रेष्ठले चिनियांँ नागरिकले कोटेश्वर पुयाइदिएबापत १ लाख रुपैयाँ दिने बताएपछि आफूले सुन ल्याएको बताएको प्रहरीले जनाएको छ ।
यसैबीच, भक्तपुर प्रहरीले बरामद भएको सुन, ट्रक, ट्रकका चालक, खलासीलगायतलाई मंगलबारै पत्रकार सम्मेलनमार्पmत् सार्वजनिक गरेको छ ।
स्याउको कन्टेनरबाट २३ किलो सुन बरामद






