एनसेल प्रकरणमा नीतिगत भ्रष्टाचार: एमाले

काठमाडौं– एनसेल प्रकरणमा सरकारले नीतिगत भ्रष्टाचार गरेको प्रमुख विपक्षी एमालेले दाबी गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा एनसेल सम्बन्धी मन्त्रिपरिषदको निर्णयलाई नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ‘यो नीतिगत निर्णयप्रति हाम्रो गम्भिर आपत्ति प्रकट गर्दै मन्त्रिपरिषदको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न र प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग पुँजीगत लाभकार असुल गर्न माग गर्छ,’ विज्ञप्तीमा भनिएको छ ।

एमालेले मन्त्रिपरिषदको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न र प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग लाभकर असुल गर्न माग गरेको छ ।