देश रोएको बेला हसाँउन सक्दैनौं’:

kalakarrr

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला  मेरी बास्सैका कलाकार र निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल र कुन्जना घिमिरे उक्त कुरानाएका हुन ।

उनका अनुसार ‘मेरो देश प्राकृतिक विपतले थिलथिलो भएको छ । देश रोइ रहेको छ । यो पिडा र दुःखको घडीमा हामी देश बाहिर बसेर हाँस्न र हसाउने कुरोको कल्पना पनि गर्न सक्दैनौ । यो समय हामी जस्ता युवाहरु घाइते र पिडितहरुको घाउमा मल्हम लगाउन जुट्नु पर्ने समय हो । त्यसैले अमेरिकामा तय गरिएका सम्पूर्ण कार्यक्रमहरुलाई स्थगित गरि हामी देश फर्कदैँ छौँ । घाइते र पिडितको उद्धारको लागि सबै जुटौँ ।’ उनीहरुले भने । कार्यक्रम स्थगित गरेर कलाकारको टोली नेपाल फर्कन लागेको हो ।

उक्त टोलीमा रहेका गायकद्धय एवं गायीका प्रमोद खरेल, पशुपति शर्मा, एवं संगीता थापा मगरले  पनि उनको भनाइमा एकवद्धता जनाएका छन ।