शिब भण्डारी
लन्डन ।
बेलायतका विभिन्न शहरमा हुने नयां वर्ष २०७२ शुभकामना सांझ कार्यक्रमका लागि नेपाली कलाकारहरु लन्डन उत्रिएका छन् । मंगलबार सांझ हिथ्रो उत्रिएका कलाकारहरु अन्जु पन्त र शिव परियारलाई आयोजक बीजीजेका तर्फबाट वीरेन्द्र खड्का प्रकाश राज कंडेल जिबन अधिकारी। गणेस गुरुङ लगायत सञ्चारकर्मीहरुले विमानस्थलमा स्वागत गरे । हिथ्रो विमानस्थलमा पत्रकारहरु चिरन शर्मा निर्पेश उप्रेती एभरेष्ट गौतम, शिव भण्डारी, नवीन पोखरेल ,बाचस्पति रेग्मी ,नरेंद्र बस्नेत लगायत सहभागी थिए ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, नववर्ष शुभकामना सांझको पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा, दोश्रो शो ऊलवीचको न्यू वाइन चर्च हलमा १७ मेमा, त्यसैगरि, ग्रीनफोर्ड टाउन हलमा ९ मे र अन्तिम शो फोकस्टोन केन्टमा १० मे मा हुने आयोजकले जनाएका छन् ।
नेपालमा आइपरेको अकल्पनीय विपत्तिले गर्दा कार्यक्रम आयोजकले शोबाट संकलितमध्ये केही रकम भूकम्प पीडितहरुका लागि दिने अठोट गरेका छन् ।



















