बेलायतमा पहिलो पटक यस्तो देखियो,जातीय भेदभाव र छुवाछुत सम्बन्धी अन्तरकृया: (फोटो फिचर)

शिब भण्डारी

लण्डन । अन्तराष्ट्रिय जातीय विभेद दिवस (२१ मार्च) को उपलक्षमा बेलायतमा पहिलो पटक जातीय भेदभाव र छुवाछुत संबन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार अल्डरशटको इम्पायर हलमा नेपाल उत्पीडित जातीय समाज युके (युरोप) ले ५४ औं अन्तराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा एक कार्यक्रमका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा किंगस्टन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले कार्यपत्र प्रस्तुत गर्दै नेपालका दलित तथा जनजातिहरुले भोग्दै आएका विभिन्न समस्याहरु उल्लेख गर्नु भएको थियो । उहाको सो कार्यपत्र माथि डा. कृष्ण अधिकारी, डा. मिनबहादुर रानाभाट, अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नर र पिएचडी फेलो भक्त गुरुङले बिश्लेषण गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष हरिशचन्द्र नेपालीले समाजको बारेमा विस्तृत जानकारी गराएका थिए। मान्छेका निम्ति मानवियता र मानवियताका निम्ति सचेतना भन्ने मूल नाराका साथ २०१३ साल पोर्चुगलमा प्रथम भेला गरि समाजको स्थापना भएको जानकारी गराएका थिए। उनले संस्थाले हालसम्म गरेका विभिन्न कामहरुको बारेमा उल्लेख गर्दै उत्पीडित दलितवर्ग उत्थान विकास समितीका कार्यकारी निर्देशक डा.बुद्धी नेपालीले जातीय विदेभको बिषयमा लाइभ भीडीयो द्वारा जानकारी दिएका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष धनबहादुर सार्कीले भने देश परदेशमा कुनै न कुनै रुपमा जातीय भेदभाव कायमै छ। दलित, जनजाति लगायत सबैले केहि पीडा भोगिएकै छ। त्यसैले, समाधानको लागि हामी सबै मिलेर के गर्न सकिएला भन्नेबारे अन्तरकृया कार्यक्रम पहिलो पटक राकिएको बताए ।

समाजका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष धनबहादुर सार्की

‘दलित शब्दबाटै आज यो आएको हो भन्दै उनले, ‘जबसम्म ‘दलित’ शब्द रहिरहन्छ, दलितका लागि कोटाको व्यवस्था गरिन्छ, कोटा रहेसम्म विभाजन भैरहने तर्क पेश गरे । नेपालमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जात छुट्टाएबाट नै एकअर्कामा विभाजन शुरु भएको जिकिर गरे । उनले पुरुष र महिला गरी जम्मा दुई जात मात्र नभएसम्म नेपालमा बिकास नहुने उनको भनाई थियो।

प्रमुख अतिथिको आशनबाट नेपाली दूतावास लण्डनका द्वितिय सचिव लब सुवेदीले अन्तराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिदै कार्यक्रम आयोजनाका लागि समाजलाई धन्यवाद दिए । त्यस्तै, एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै शुभकामना दिए ।

नेपाली दूतावास लण्डनका द्वितिय सचिव लब सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गायिका मिरा राणा,उमा नेपाली, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, एनआरएनए युके संरक्षक सूर्य गुरुङ,नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष लिला सेलिङ्ग माबो, एनडिएफ युके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क मञ्च युकेका निवर्तमान अध्यक्ष लोक गुरुङ, कुमार बिक, गोर्खा जिल्ला समाज युके अध्यक्ष कर्ण दर्लामी, लेप्टन कर्णेल टोल खाम्चा, एनआरएनए आईसीसी सदस्य सुस्मा राई, उदयराज राणा, अशोक गहतराज, दनम सिं र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर,पत्रकारहरु नविन पोखरेल,स्याम लुईटेल,शिब भण्डारी,पूर्ण गुरुङ बाचस्पति रेग्मी गणेश खड्का लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथि थिए ।

समाजका सचिव ललित परियारले आकर्षक शैलीमा कार्यक्रमको सञ्चालन गरेका थिए भने सल्लाहकारअर्जुन सुनारले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमका सभापति तथा समाजका उपाध्यक्ष धन बहादुर सार्कीले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । बेलायतमा पहिलो पटक जातीय भेदभाव र छुवाछुत संबन्धी अन्तरकृया कार्यक्रममा उपस्थित बक्ता हरुले आफ्नो टिप्पणी एबम धारणा समेत राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *