पर्यटन वर्ष सफल बनाउन एनआरएनको अभियान घोषणा

लन्डन – नेपाल पर्यटन वर्ष सफल बनाउन गैर आवासीय नेपाली संघले अभियान थाल्ने घोषणा गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने लागेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवद्र्धन वर्षलाई सफल बनाउन उनकै अध्यक्षतामा दुई सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको बताए ।

मूल समारोह समितिले ८० भन्दाबढि देशमा रहेका संजाल प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ । भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजना रहेको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *