लन्डन । गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाको आयोजना ुहन लागेको ‘पहिलो एनआरएन कप फुटबल प्रतियोगिता –२०१८’ को तयारी तीब्र पारिएको छ । प्रतियोगिता यही नोभम्बर ४ तारिखका दिन हुँदैछ ।
‘प्रवासी एकता र सामाजिक सद्भावना आजको आवस्यकता समृद्ध नेपाल निर्माणमा एनआरएन कोरियाको प्रतिबद्धता’ भन्ने नाराको साथ नोभेम्बर ४ तारिखको दिन सो प्रतियोगिता आयोजना गरिन लागिएको हो । खेल बिहान ६ बजे खेल शूरु गरिने जनाइएको छ ।
खेल संयोजक तथा एनआरएनए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङले प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढेको जानकारी गराए । खेल हुने दिन नेपाली परिकारहरुको स्वादमा रमाउँदै आ–आफ्नो टिमलाई हौसला बढाउन सम्पुर्ण कोरियामा रहेका नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ । एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले ‘पहिलो एनआरएन कप फुटबल प्रतियोगिता –२०१८’ लाई भब्य र सभ्यरुपमा सफल बनाउँनका लागि सबैमा सहयोगको लागि अपिल गरेकी छिन् ।






