नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लन्डन आउने

ramchandraलन्डन । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार बिहान लन्डन हिथ्रो विमानस्थल आइपुग्ने हुनुभएको छ । नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री राजकुमार त्रिपाठीले जारी गरेको विज्ञप्तिअनुसार वरिष्ठ नेता पौडेलले बेलायतस्थित विभिन्न सरकारी अधिकारी एवम् सोसलिष्ट इन्टरनेशनलका पदाधिकारीहरु, बेलायतका राजनीतिक पार्टीभा सभासदहरु भेट्नु हुनेछ । उहाँले नेपाली जनसम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।nepali-Congress-flag_20110409091641[1]
नेता पौडेलको भ्रमणले नेपाली जनसम्पर्क समितिको संगठन सुदृढ हुने बताइएको छ । नेता पौडेललाई हिथ्रो विमानस्थलमा स्वागतमा उपस्थित भइदिन नेपाली जनसम्पर्क समितिका सम्पूर्ण सदस्यलाई महामन्त्री त्रिपाठीले आग्रह गरेका छन् ।