एनआरएनएको तेश्रो अफ्रिका बैठक युगान्डाको कम्पालामा

शिव भण्डारी/लन्डन  

गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ देखि ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा आयोजना गरिने भएको छ ।

अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती, अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ू बिकासका अनुभवहरु एक आपसमा साटदै ू हुनेछ । जस अनुरुप अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा भईरहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेश गर्ने छन ।

त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु , मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका

अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन । कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपाल बाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाइ निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *