काठमाडौं- वैदेशिक लगानीमा ७६ प्रतिशतले कमी आएको छ । गत वर्षको तुलनामा वैदेशिक लगानी ७६ प्रतिशतले कम आएको हो ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७६ प्रतिशतले कम हो ।
०७४ को पहिलो २ महिनामा ५ अर्ब १० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । तर स्थिर सरकार बने पनि वैदेशिक लगानी थप घटेर गएको छ ।






