माघ ८ मा संविधान आउने सम्भावना लगभग अन्त्य भएको छ । यस्तो अवस्थामा दलहरु माघ ८ लाई त्यत्तिकै टार्ने कि सार्ने भनेर अलमलमा परेका छन् ।
संविधान ल्याउने बाटो र नयाँ मितिका विषयमा दलहरुभित्र छलफल सुरु हुन थालेको छ । चारपक्षी छलफल भने हुन छाडेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइराला फर्किएपछि छ बैठक बस्नेछ । प्रधानमन्त्री कोइराला भैरहवा पुगेका छन् ।
नेकपा एमालेले स्थायी समितिको बैठक बालाएको छ । संविधान निर्माणलगायत समसामयिक राजनीतिलगायत पार्टीको अडान र संविधानसभाको नयाँ मितिका विषयमा छलफल हुनेछ । माघ ८ मा मस्यौदा ल्याउने बाटो र संविधान जारी गर्ने नयाँ मितिका विषयमा छलफल हुने एमालेले जनाएको छ । एमालेले धर्म निरपेक्षताको निर्णय फिर्ता लिने विषयमा परामर्श भनेर केही संचारमाध्यममा आएको खबर सत्य नभएको सचिव प्रदीप ज्ञवालीले बताए ।
माघ ८ टार्ने कि सार्ने ?






