शिब भण्डारी
लन्डन । पर्वत जिल्ला देखी वेलायतमा आएर बिभिन्न पेशमा संलग्न पर्वर्तेहरुको भेला शनिवार सांझ हुने भएको छ । पर्वत वेल्फेर सोसाइटी यूकेको आयोजनामा हुने नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष दधि आचार्यले जानकारी दिए ।
सोसाइटीले २१ अप्रिल शनिबार सांझ अल्डरशटस्थित एम्पायरमा आयोजना हुने कार्यक्रममा नेपालका लोकप्रिय गायक विमलराज क्षेत्री आफ्नो कला प्रस्तुत गर्न बेलायत आउने भएका हुन् । पर्वत जिल्लामा जन्मेका गायक क्षेत्री पछिल्लो वर्षकै निकै चर्चित गायक मध्य एक हुन् ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरुका साथ डिनर, डान्स र डिजेबाट भरपुर मनोरन्जन प्रदान गरिने पर्वत वेलफेयर सोसाइटी यूकेका माहासचिब भरत पौडेलले जनाए । माहासचिब पौडेलले सबैलाई सहभागी भएर शुभकामना आदानप्रदान तथा मनोरन्जन लिन आव्हान गरेका छन् ।
कार्यक्रममा नेपालकै अर्का राष्ट्रिय कलाकार रमेशराज भट्टराईले समेत प्रस्तुति दिने सोसाइटीका अध्यक्ष दधि आचार्यले जानकारी दिएका छन् ।






