फूलचोकी घुम्न जाँदा जंगलमा हराएका तीन युवा–युवतीको प्रहरीले गर्यो उद्धार

ललितपुर– ललितपुर जिल्लाको गोदावरी नगरपालिका–३ स्थित फूलचोकी जंगलमा घुम्न जाँदा हराएका दुई युवती र एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

फूलचोकी जंगलमा घुम्न गएका तीनजना ब्यक्ति हराएको सूचना महानगरीय प्रहरी कन्ट्रोल मार्फत प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाँउका इन्स्पेक्टर कुमार कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको बताइएको छ ।

नुवाकोट स्थायी घर भएकी १८ बर्षिया मल्लिका तामाङ, १७ बर्षिया मुस्कान तामाङ र महोत्तरी स्थायी घर भएका १९ बर्षिय अभिलेख प्रसाद शाहलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उद्धार कार्यमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गोदावरी बसपार्कबाट अन्दाजी ९ किलोमिटर दक्षिण पूर्वमा पर्ने जंगलको बीच खोचबाट आइतबार उद्धार गरेको हो । प्रहरीले उनिहरुलाई उद्धारपछि अभिभावकको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *