एनआरएन युकेको बैठक सम्पन्न : बैठकले गर्यो २७ बुँदे कार्य विश्लेषण विवरण सहितको निर्णय (फोटोफिचरसहित )

 शिव भण्डारी /लन्डन

गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको बैठक २७ बुँदे कार्य विश्लेष्णा विवरणसहितको निर्णय गर्दै सम्पन्न भएको छ । अल्डरसटस्थित भेटभाट रेष्टुरेन्टमा आइबार बसेको बैठक विभिन्न विषयमा गहिरो छलफलका साथ निर्णय गर्दै सम्पन्न भएको हो । बैठक आठ घण्टा भन्दा  बढी चलेको थियो ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव आरके त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बैठकमा एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्री आइसिसी सदस्य रामशरण सिमखडा,(एनआरएन ) यूके कोषाध्यक्ष सचिन श्रेष्ठले आर्थिक प्रतिवेदन, (एनआरएन ) यूके वेल्स राज्य समन्वय परिषद  प्रमुख रामचन्द्र पोखरेलले राज्य परिषद्सम्बन्धी प्रतिवेदन, उपाध्यक्ष प्रेम गाहा मगरले भोइस अव नेपाल कल्चरल प्रोगामसम्बन्धी स्लाइड,यसै गरि उपादक्क्षहरु पुनम गुरुङ, शेर सुनार शुशिला राई,उपमाहा सचिब विनय अधिकारी, प्रवक्ता रमेश सराङ्‌कोटी पत्रकार माहासघका यूकेका अध्यक्ष नरेश खपाङ्गी मगरले आ-आफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, बैठकमा सचिव तारानाथ भण्डारी सुरज मास्के भाषा साहित्य विभाग संयोजक नारायण गाउँले, राजन खकुरेल,शिव कण्डेल मनिश खड्का,जितरानाभाट मुकेश रानाले पनि आ-आफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसै गरि सल्लाहकार कमल पौडेल डा. मीन रानाभाट लगायतले आफ्ना विचार राख्नु भएको थियो।

बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु,आइसिसी सदस्य, सल्लाहकारलगायतको बाक्लो सहभागिता थियो ।

हेर्नुहोस यस्तो थियो बिबबरण;–

Leave a Reply

Your email address will not be published. Required fields are marked *