युक्रेनमा प्रधानमन्त्रीमाथि हातपात (भिडियोसहित)

युक्रेन । युक्रेनको संसद भवनभित्र शुक्रबार लाजमर्दो घटना भएको छ । मर्यादित ढंगले प्रस्तुत हुनुपर्ने संसदमा युक्रेन सत्ताधारी गठबंधनका  सदस्य संसदमा एक आपसमा हात हालाहाल समेत भएको छ ।
उनीहरुबिच सामान्य हात हालाहालको मात्र स्थिति नरही अन्तमा स्थिति तनावग्रस्त बन्न पुगको थियो । प्रेसिडेन्ट पेट्रो पोरोशेंलाई  गुटको एक सदस्यले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मंचबाट उठाए र उनलाई जोडले ताने । यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको रेकर्डको बचाव गरिरहेका थिए ।
त्यतिवेला एक सांसद ओलेहा बर्ना मंच माथि चढे । ती सांसदले त्यहिँ रातो गुलावको गुच्छा लिएर उनको कटाक्ष गरे ।त्यसपछि बर्नाले प्रधानमन्त्रीको कम्मरलाई आफ्नो हातले समाएर ताने र त्यसपछि ती सांसदले प्रधानमन्त्रीलाई मंचबाट तानेर तल ल्याए ।
यात्सेंइयुक गुटका सदस्यहरु पनि संसदमै थिए । यात्सेंइयुकका सदस्यहरुले बर्नालाई तानेर उनीलाई जोड जोडले पिट्न थाले ।त्यसपछि पोरोशेंका गुटका मान्छे पनि त्यो झडपमा सामिल भए ।त्यो विवादको कारण त्यो झडप केहि समय लम्बियो । त्यसको केही समय पछि मात्र सबै सदस्यहरु आआफ्नो सिटमा गएर बसे ।
एजेन्सी
ukraine