एमालेको टिसर्ट जलाउँदा प्रहरीले गोली चलायो

काठमाडौं– नवलपरासीमा शनिबार राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् ।