लन्डन– बेलायतमा नेपाली चलचित्र लप्पन छप्पन प्रदर्शन हुने भएको छ ।
दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘लप्पन छप्पन’ ३२ बक्स नामक समूहले बेलायतभर प्रदर्शन गर्न लागेको हो ।
प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिबारका दिन फिल्म प्रदर्शन गर्न लागेको आयोजकमध्ये एक एलबीजेड गुरुङले जानकारी दिए ।
फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ ।
३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् ।
मुकुन्द भट्टको निर्देशन रहेको मल्टिस्टारर फिल्ममा सौगात र दयाहाङका साथमा अर्पण थापा, प्रकाशजंग शाह, सिद खरेल, वर्षा शिवाकोटीलगायतको पनि मुख्य भूमिका रहेको छ।
ग्याङस्टारर फिल्ममा सौगात र अर्पणले भिन्नाभिन्नै गुन्डा समूहका नाइकेको भूमिका निर्वाह गरेका छन् भने दयाहाङ सीआईडी प्रहरीको भूमिकामा रहेका छन्।
नेपालमा भने चैत ११ देखि नै फिल्म प्रदर्शनमा आएको छ ।






