प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ

काठमाडौं। आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ ।

माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी छन् ।

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ ।