तमु समाज यूकेको दोश्रो बैठक सम्पन्न,बिभिन्न सेवामूलक काम गर्ने निर्णय :

शिब भण्डारी

लण्डन, १ अप्रिल । तमु समाज यूकेले विभिन्न ठाउँमा समस्यामा परेका तमुहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई सहयोग जुटाउने भएको छ । समाजको ईन्टरनेसनल विजनेस स्कूल लेक्सस हाउस ह्यारोमा सम्पन्न छैठौँ कार्यसमितिको दोश्रो बैठकले समस्यामा परेका तमुहरुलाई तदारुकताका साथ सहयोग गर्ने निर्णय गरको हो ।

chtra 1
तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा र डा चन्द्र बहादुर गुरुङ तथा डा मान बहादुर गुरुङको विशेष आतिथ्यतामा सम्पन्न बैठकले तथ्याङ्क संकलनका लागि जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

लण्डनको हरेक क्षेत्रमा बसोबास गर्ने तमु समाजका सदस्यहरुको डाटा जाँच गरी समस्यामा परेकाहरुलाई सहयोग गर्ने र राम्रो काम गर्ने महानुभावहरुलाई सम्मान गर्नका लागि नर्थउड हेज बाट रामचन्द्र गुरुङ तथा गंगा गुरुङलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी सटवरी अल्पटन ग्रीनफोडबाट शिव शरण गुरुङ र केदार गुरुङलाई,  ह्यारो उईडबाट अर्जुन कुमार गुरुङ र ज्ञान बहादुर गुरुङलाई, बन्टकबाट शिव शरण गुरुङ र उदय बहादुर गुरुङलाई, आमा समूहको तर्फबाट माया गुरुङलाई तथा  लण्डनभन्दा बाहिरबाट संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ,  विज्यू गुरुङ र मिम गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकमा निवर्तमान कोषाध्यक्षले अडिट रीपोर्ट सहितको हिसावकिताव अप्रिल एक तारिखसम्म छैठौँ कार्यसमितिका कोषाध्यक्षलाई बुझाउने समेत निर्णय गरेको छ । तमुसमाजले आफ्ना सदस्यहरुविच दुःखसुख साटासाट र  एक आपसमा गाढा सम्बन्धका लागि छिटै  डिनर नाईटको कार्यक्रम गर्ने तय गरेको छ । त्यसैगरी समाजले आगामी समर सिजनमा सिनीयर सिटीजनलाई लण्डनको भ्रमण लैजाने कार्यक्रम समेत तय गरेको छ । भ्रमण कार्यक्रमको संयोजकको जिम्मा सल्लाहकार खडक बहादुर गुरुङलाई दिईएको छ ।
हरेक वर्ष जस्तै यो वर्षपनि आउँदै गरेको बुद्ध जयन्ती भव्यताका साथ मनाउने समेत समाजले निर्णय गरेको छ ।  आगामी बैशाख पूर्णिमामा २५ सय ५९ औँ बुद्ध जयन्ती विशेष समारोहका विच मनाउनका लागि  आगामी ३ मे आईतबारका दिन ह्यारो फुटवल क्लवमा बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म पुजाआजा गर्ने कार्यक्रम तय गरेको छ । धर्म बहादुर गुरुङ लगायत अन्य गुरुहरुबाट हुने उक्त पूजा समारोहमा अतिथी र शुभेच्छुकहरुलाई निःशुल्क व्यवस्था गरीएको समाजले जनाएको छ ।

chtra 2
त्यस्तै तमु समाजले लण्डनमा नेपाली तथा गुरुङ कक्षा पनि सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि खुम बहादुर गुरुङले गुरुङ कक्षा सञ्चालन गर्नुहुने भएको छ भने नेपाली भाषाका स्वयंसेवी शिक्षकका लागि सहयोग गर्ने समाजले यूकेबासी नेपालीलाई अपिल गरेको छ  ।
त्यसैगरी नेपालमा यूटिएल टेलिकमको टावरबाट लडेर ढाडको अपरेसन गराईरहेका मान बहादुर गुरुङलाई आर्थिक सहयोग गर्ने निर्णय समेत समाजले गरेको छ । त्यसको जिम्मेवारी समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङलाई दिईएको छ ।
समाजका महासचिव ज्ञान बहादुरङले  सञ्चालने गर्नुभएको बैठकमा ईन्टरनेशनल कलेजका मेनेजिङ डाईाईरेक्टर प्रकाश गौतमले स्थानको व्यवस्था गर्नुभएकोमा धन्यवाद ज्ञापन गरेको छ । बैठक समाजका अध्यक्ष अर्जुन कुमार गुरुङले सबैलाई धन्यवाद दिँदै समापन गनुृभएको थियो ।