भूपू गोर्खाका थुप्रै केसमा सफलता,एभरेस्ट ल सोलिसिटर्स ८औं वर्षमा:वार्षिकोत्सवका तस्बिरहरु

शिब भण्डारी

लन्डन। एभरेस्ट ल सोलिसिटर्स आजदेखि आठौँ वर्ष प्रवेश गरेको छ । बेलायतस्थित ल फर्म, एभरेस्ट ल सोलिसिटर्स, ले आफ्नो स्थापनाको आठौँ वार्षिकोत्सव मनाएको हो । अल्पर्टनस्थित क्ले ओभन रेस्टुरेन्टमा आयोजित रात्रीभोजमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता तथा इलिङ्ग साउथहलबाट पाँचौं पटक निर्वाचित सांसद वीरेन्द्र शर्माले शुभकामना र बधाइ दिएका थिए।

लेवर पार्टीका तर्फबाट नवनिर्वाचित सांसद वीरेन्द्र शर्मालाई एभरेस्ट ल सोलिसिटरको तर्फबाट प्रिन्सिपल सोलिसिटर राजु थापाले पाँचौं पटक निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए ।

हरेक वर्ष क्रिसमस र अंग्रेजी नयाँ वर्षको आसपासमा समुदायका प्रतिनिधि लगायतको उपस्थितिमा आफ्नो आठौँ वार्षिकोत्सव सहित क्रिसमस र नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको हो ।कार्यक्रममा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गरेका थिए। उनले सबैलाई नयां वर्ष २०२० तथा क्रिशमसको शुभकामना पनि दिए। 

बेलायत आउने भूपू  गोर्खाहरुका सन्तानका थुप्रै केसका हकमा एभरेस्ट ल सोलिसिटर्सले ठुलो सफलता प्राप्त गर्दै आएको छ। एभरेस्ट ल सोलिसिटर्सका प्रमुख थापाले भने ‘ऐतिहासिक अन्याय र पारिवारिक जीवनका आधारबाट हामीले ३० वर्षमाथिका र विधवाका सन्तानको समेत मुद्दा जितिरहेका छौं’, उनले भने । सक्षम,सपर्पित र लगनशील कर्मचारीहरू तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट सेवा प्रदान गर्दै आएको एभरेस्ट ल सोलिसिटर्सका प्रमुख थापाले भने ।  

कार्यक्रममा बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, इलिङ काउन्सिलका लिडर जुलियन बेल, पूर्वमेयर रञ्जीत धिर, पूर्व मेयर तथा काउन्सिलर साहिमन बटुवाल, पूर्व मेयर हरबदन कौर, वमेन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ,गोरखा सत्याग्रहका उपसंयोजक सूर्य नेम्वाङ,तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, रि. मेजर मानबहादुर राई, एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यसै गरि कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधिहरु,एकाउन्टेन विज्ञान प्रसाईं, ब्रिटिस कलेजका डाइरेक्टर राजेन्द्र कँडेल, ए स्टार फाइनान्सका प्रिन्सिपल मीन दर्लामी, रमेश सराङकोटी,नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगर, पत्रकार भागिरथ योगी, नवीन पोखरेल, शिव भण्डारी, बेलायतस्थित नेपाली व्यवसायीहरु, विभिन्न प्रतिष्ठित फर्मका व्यारिस्टर तथा सोलीसिटरहरु, भूतपूर्व गोर्खा अगुवाहरु लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *