काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको ५४ बर्षको उमेरमा निधन भएको छ । विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति हृदयघाटवाट ओम अस्पतालमा निधन भएको हो ।
भट्टराईले थुप्रै चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका छन । उनले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म समेत निर्माण गरेका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।






