बिएनसीसी र बेलायतका १२ कम्पनीबीच नेपालमा लगानीबारे बैठक

bncc_team_with_British_ambassador_file_photoकाठमाडौं—ब्रिटिस नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी) र बेलायतका १२ कम्पनीले यसै साता काठमाडौंमा बैठक गरेका छन् । बीएनसीसीका अध्यक्ष राजन कँडेल तथा मुख्य कार्यकारी रिचर्ड पेलीलगायतले बैठकमा भाग लिएका थिए ।

बैठक आयोजनालाई सफल बनाउन अध्यक्ष कँडेल केहि साता अघि नै नेपाल आएका थिए । १२ मध्ये दुई मुख्य कम्पनीहरु मेबी बिज (निर्माण कम्पनी) र रफटन इन्टरनेसनल (इन्जिनियरिङ परादमर्शदाता)सँग यातायातको क्षेत्रमा अन्तर्राष्ट्रिय अभुनव र विशेषज्ञता छ ।

तीन कम्पनीहरु स्वस्थ्य क्षेत्रसँग सम्बन्धित छन् । ती कम्पनीहरुले चिकित्सा, दन्त र नर्सिङ क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरुले बृद्धको लागि हेरचाहलगायतका काम गर्नको लागि उत्साहजनक नयाँ प्रविधि भित्र्याएका छन् ।

यस्तै तीन वटा नयाँ कम्पनीहरु स्कटल्यान्डबाट आएका छन् । नयाँ कम्पनीहरुले सांस्कृतिक हब, नैतिक आपूर्ति र फिल्मको विकास गरिहरेको छन् । इडिनवर्ग नेपाली फिल्म फेस्टबल कम्पनीले काठमाडौंमा विकास कार्यालय खोल्दैंछ । यस्तै, युवाहरुलाई तालिम दिएर नेपाली चलचित्रमा योगदान गर्न चाहेको छ ।
एक कम्पनीले होलसेल र रिटेलमार्फत आफ्नो उत्पादान निर्यात गर्न चाहेको छ । अर्काे कम्पनीले चेन रेस्टुरेन्ट खोल्न चाहेको छ । रेस्टुरेस्टमार्फत नेपालको सुन्तदरता, अतिथि सत्कार र शिल्पी कौशलको प्रवद्र्धन गर्न चाहेको छ । यस्तै एक कम्पनीले शिक्षा र अर्को कम्पनीले पर्यटन क्षेत्रमा लागनी गर्न चाहिरहेको छ ।

नेपाल आएका प्रतिनिधिहरुले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत र बैकिङ क्षेत्रमा लगानी गर्ने चासो देखाएका छन् । नेपाल आएका प्रतिनिधिहरु बेलायतका सफल व्यापारी हुन् ।

बेलायतका विभिन्न कम्पनीहरुबाट आएका प्रतिनिधिहरुमा मार्टिकन एन्डिुस् – मेबी ब्राइड लिमिटेड, इन्द्रजित सिंह – रफटन इन्टरनेसनल, नील कोनेल – युथ जुस क्रिएटिभ, एलन फोर्गि – द स्कटिस फेसन क्रिएटिभ नेटवर्क, ससुन फोर्गि – द इडिनबर्ग नेपाली फिल्म फेस्टिबल, दिपक कुमार श्रेष्ठ– वेस्ट प्राइस रिटेल एन्ड होलसेल लिमिटेड, कपिल रिजाल – द डेन्टल सेन्टर लिमिटेड रहेका छन् ।

यस्तै, डा. अशोक बंसल – मेडिक क्रिएसन लिमिटेड, बीपी खनाल– विरा केयर होम्स् लिमिटेड, पशुपति भन्डारी – एभरेस्ट इन गु्रप युके र विराज भट्ट – ट्राफिल कन्सोल लिमिटेड रहेका छन् ।