हेटौंडा- मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको छ ।
सञ्चारकर्मी ढकाललाई हेटौडा— १ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो ।
नेपाल पत्रकार महासंघले हत्याको भर्त्सना गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।






