मन्त्री र मुख्यमन्त्रीको आवास बनाउने निर्णय परिवर्तन गर्न माग

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं– सांसदहरुले सांसदहरुको आवास बनाउने भनिएको सथानमा मन्त्री र मुख्यमन्त्रीहरुको आवास बनाउने सरकारी निर्णय परिवर्तन गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारी निर्णय परिवर्तन गर्न माग गरेका हुन् ।

बैठकमा सांसद हरिराज अधिकारीले पहिलेदेखि नै सांसद आवास निर्माणका लागि जमिन समेत छुट्याइको र हाल आएर उक्त स्थानमा मन्त्री र मुख्यमन्त्रीहरुको आवास बनाउन लागेको भन्दै उक्त निर्णय सच्चाउन माग गरेका हुन् ।

त्यस्तै उनले सरकारले हालै मर्यादाक्रमबारे सरकारले गरेको निर्णयले समाजमा विग्रह ल्याउने सक्ने भन्दै उक्त निर्णय पनि पुर्नविचार गर्न आग्रह गरे ।

त्यसैगरी उनले गोरखा दरवार र मनकामना मन्दिर संघ अन्र्तगत नै राख्न माग गरे । अर्का सांसद हरिवोल गजुरेलले अधिकारीको मागप्रति समर्थन जनाउदै सरकारले हचुवाका भरमा निर्णय गर्ने र फेरि पछि हट्ने क्रम देखिएकाले त्यस्तो प्रवृतिले जनमानसमा राम्रो सन्देश नजाने भन्दै सरकारलाई निर्णय गर्दा विचार पुर्याएर मात्रै गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *