लन्डन– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता आङकाजी शेर्पा बेलायत आउने भएका छन् ।
नेप्लिज फेडरल सोसाइटीका दोस्रो महाधिवेशनको उद्घाटनका लागि यादव र शेर्पा शुक्रबार लन्डन आउने कार्यक्रम छ ।
सेप्टेम्बर २३ र २४ गते हुन लागेको महाधिवेशनको प्रमुख अतिथिकारुपमा अध्यक्ष सहभागी हुनेछन् । सो कार्यक्रमपछि उहाँ बेल्जियम, पोर्चुगल समेत जाने कार्यक्रम रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।






