काठमाडौं– प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द आचार्यलाई प्रदान गरेको छ ।
काउन्सिलको ४७ औं वार्षिकोत्सवका अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरिन् । दुई दशकदेखि पत्रकारितामा सक्रिय आचार्य अहिले प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार छन् । पुरस्कारको राशी एक लाख ५ हजार रुपैयाँ छ ।
राष्ट्रपतिले आचार्यसहित ३२ पत्रकार, एक सञ्चारमाध्यम र दुई कर्मचारीलाई पनि पुरस्कृत गरिन् ।
यसैगरी प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परशु घिमिरे पुरस्कृत भएका छन् । पुरस्कारको राशी एक लाख ५ हजार रुपैयाँ नै छ ।
यसैगरी प्रेस काउन्सिल आचारसंहित पुरस्कारबाट बुटवल टुडे दैनिक पुरस्कृत भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट विवश वस्ती, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कारबाट कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगी तथा प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट गोपाल छाङ्छा राई पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ छ ।
यसैगरी १० हजार राशीको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट कविता थापा, मनीषा श्रेष्ठ र दुर्गा भण्डारी, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट महेश दास, डा. राजेश झा (अहिराज), कान्तिपुरकर्मीद्वय डीआर पन्त र पवन आचार्य पनि पुरस्कृत भएका छन् ।
यसैगरी प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट शीतल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, कान्तिपुरकर्मी रोशन साँवा, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरी, प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भूवन शर्मा र श्यामसुन्दर यादव पुरस्कृत भएका छन् ।
यसैगरी प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतिराज तिमल्सेना, रिषव गौतम तथा प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट ईकान्तिपुरकर्मी शेखर अधिकारी, प्रदीपराज वन्त र विनोद शाही पुरस्कृत भए ।
काउन्सिलको ४७ औं वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य गर्ने सूचना प्रविधि अधिकृत रामशरण बोहरा र कार्यालय सहयोगी श्यामबाबु महर्जन पुरस्कृत भए । पुरस्कारको राशी क्रमश: २० हजार र १५ हजार रुपैयाँ छ ।






