शिब भण्डारी
लन्डन। सोंपाल समाज यूकेको ल्होछार कार्यक्रम हर्सोल्लासका साथ मनाइएको छ । ग्रिनफोर्ड टाउन हलमा भएको ल्होछार कार्यक्रम भब्य रुपमा मनाइएको हो । 

संस्थाका अध्यक्ष युक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रुपमा समाजकी ज्येष्ठ सदस्य गौरा गुरुङ र विशेष अतिथि खेम्पो धर्मगुरु सन्तोस गुरुङ, तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, संस्थाका संस्थापक अध्यक्ष बिजय बहादुर गुरुङले उद्घाटन गरेका थिए । साथै विशेष अतिथि खेम्पो धर्मगुरु सन्तोस गुरुङले प्रवचन दिएका थिए ।

कार्यक्रममा आमा समूहकी अध्यक्ष नईन्द्र गुरुङ समूहले धार्मिक पाठ बाचन गर्दै समाजका वर्षभरमा निधन भएका सदस्यहरुलाई श्रद्धाञ्जली दिंदै १ मिनेट मौनधारण गरिएको थियो । समाजका महासचिव भरत गुरुङले संचालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष एवम ल्होछार कार्यक्रम संयोजक श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव लैच कुमार गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए ।
त्यसअवसरमा तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई पनि समाजको तर्फबाट विशेष सम्मान गरिएको थियो । कार्यक्रममा तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले आफ्नो कार्यकालमा सोम्पाल समाजसँग अझै बढि सहकार्य गर्न पाउने विश्वास व्यक्त गरे ।समाजले गरेका कार्यहरुको उनले प्रशंसा गरे ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष युक्त गुरुगंले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सस्थापक अध्यक्ष बिजय बहादुर गुरुङ ,तमुधी लण्डन इकाईका पूर्व अध्यक्ष तथा समाजका सल्लाहकार दीपक गुरुङ (डेबिड ) तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङ, समाजका निवर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङ ,पूर्व अध्यक्ष क्या प्रेम बहादुर गुरुङ लगायतले मन्तव्य दिएका थिए ।

त्यसैगरि सोंपाल समाज युकेले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रमको दोस्रो चरणमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा तमुधिं युकेको निम्तोमा बेलायत आएका चर्चित गायक टंक बुढाथोकी र गायिका अनु गुरुङले सबैलाई भरपूर मनोरञ्जन प्रदान गरे ।
ल्होछार कार्यक्रममा सहभागि सबैलाई बुढाथोकीको प्रस्तुतीले छमछमी नचायो । कार्यक्रम निकै हर्सोल्लास र भब्य रुपमा सम्पन्न गरियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने क्रममा गायक बुढाथोकीले मन बिनाको धन ठूलो कि, धन बिनाको मन भन्ने गीत गाउँदा सबैलाई भावुक समेत बनाए ।

प्रवासमा बसेर पनि समाजसेवालाई पहिलो प्राथमिकतामा राख्दै आएका नेपालीहरुमाझ टंकले यस्तो गीत प्रस्तुत गरिरहँदा सहयोगी मनहरुलाई थप सहयोग गर्न हौसल्यायो। कार्यक्रमम स्थानीय कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपन राई को साउण्ड सिस्टमले थप रोमाञ्चक प्रदान गरेको थियो। 



सोंपाल समाज नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याजा जिल्लाको शिरुवारी,दरौ,माझकटेरी- बेझांगका गुरुगंहरु आफनो मूल थलोबाट यूके आई बसोबास गर्नुहुने सबैलाई एकताको शुत्रमा बाध्ने उद्देश्यले बिशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको हो ।






