उपसचिव सञ्जेललाई आवश्यकताको आधारमा सरुवा गरिएको हाे: मन्त्रालय

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्जेललाई आवश्यकताको आधारमा सरुवा गरेको जनाएको छ । मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सञ्जेललाई आवश्यकताको आधारमा सरुवा गरिएको प्रष्ट पारे ।

सरुवा गरिएको विषयमा असन्तुष्टि जनाउँदै सञ्जेलले दुई दिनअघि पत्रकार सम्मेलन नै गरेर असन्तुष्टि जनाएका थिए ।

पत्रकार सम्मेलनमा सञ्जेलले प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टसमेतको कडा आलोचना गर्दै सरुवाको निर्णयमा असन्तुष्टि जनाएका थिए ।

यता सञ्जेलले पत्रकार सम्मलेन गरेको भोलिपल्टै त्यसको खण्डन गर्ने कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपलाई पनि श्रम विभागले विराटनगर कार्यालयबाट श्रम विभागमा तानेकाे छ ।

गोपले बुधवार पत्रकारलाई बोलाएर सञ्जेलले लगाएका आरोपको खण्डन गर्दै वक्तव्यबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *