जनवादी गायक शर्मा ले पोर्चुगलका नेपालीलाई नचाए ।

पोर्चुगल,

जनवादी गायक जीवन शर्मा ले पोर्चुगलका नेपालीहरुलाई नचाएका छन । देश टुक्रा हुन थाल्यो…, फोकल्यान्डको टापु बाट.., अरबको खाडी…, बागलुङ बजार.., सिमली छायामा… जस्ता गितहरु गाएर दर्शकहरुको मन जित्न सफल भएका छन । अत्यन्तै सरल र जनजिब्रोका शब्द र लयमा गाइएका उनका गित साच्चै नै मार्मिक छन । सायद उनका यी गितहरुको मर्म ले हज्जारौ लाई क्रान्ति र विद्रोहको बाटो अगाल्न बाध्य बनायो होला ।jiban
देशको वर्तमान अवस्था प्रती गायक शर्मा अत्यन्त चिन्तित छन । देशलाई बिखन्डन बाट बचाउन प्रबाँस रहेका सबै नेपाली एक हुन पर्ने बताए । देशका हरेक गतिविधीमा विदेशी प्रभाव बढ्दै गएकोमा दुख प्रकट गरे ।
बिहिवार लिस्वनमा नेपाली एकता समाज पोर्चुगलको आयोजना र कलाकार समूह पोर्चुगलको सहयोगमा सम्पन्न “जीवन शर्मा सांस्कृतिक साँझमा” शर्मा ले उक्त कुरा बताएका हुन । स्थानिय कलाकार दिपेन्द्र अधिकारी र सुर्य तिवारी ले गित र युनिषा अधिकारी ले नृत्य मार्फत दर्शक हरु लाई मनोरन्जन प्रदान गरेका थिए ।

कलाकार समूहका अध्यक्ष दिपक सुवेदी, एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी र लिस्वनका लागि अवैतनिक वाणिज्य दुत मकर हमाल ले कार्यक्रमको सफलताको शुभकामना दिदै कला संस्कृतीको जगेर्ना का लागि जोड दिएका थिए । समाजका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुवाती संचालन महसचिव रमेश सुवेदी ले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन निर्देशक/नायक जिके शर्मा र ज्योती ढकाल ले गरेका थिए ।

सोही अवसरमा गायक शर्मा का गित बाट प्रवाहित भएर स्थानिय ब्यवशायी तथा सर्वसाधारण ले स्वतस्फुर्त सहयोग गरेका छन । गायक ले उक्त रकम ब्यक्तिगत प्रयोग नगरी गित संगित कै लागि उपयोग गरिने बताएका छन ।