सप्तरी- इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार सप्तरीको कोलाडीबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सकरपुरा गाविस–९ निवासी ३२ वर्षीय दिनेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।
पक्राउ परेका मुखियाको साथबाट एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






