सागको ३ करोड निजी खातामा

SAAGकाठमाडौं- सरकारले १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि निकासा गरेकामध्ये ३ करोड रुपैयाँ राखेपकै एक कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको छ।

राखेप अन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख इन्द्रबहादुर कार्कीको खातामा उक्त रकम जम्मा भएको हो। उनी १२ औं सागका लागि गठित यातायत तथा बसोबास उपसमितिका सचिबसमेत हुन्।

यति धेरै रकम सरकारी कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरिनु गलत भएको राखेपकै कर्मचारीहरु बताउँछन्।