लण्डन । अमेरिकन आइडलको टप टेनमा नेपाली मुलका गायक दिवेश पोखरेल पुगेका छन् ।
जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८ औं सिजनको टप टेनमा पुगेका हुन् ।
दिवेशले आफ्नो फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
विश्वकै प्रतिष्ठित गायन शोको शीर्ष १० सम्मा पुगेर चर्चा र प्रशंशा कमाउन सफल दिवेश अध्ययनका शिलशिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।






