एनआरएन जापानको साधारणसभा ६ जनवरीमा हुने

लन्डन । गैरआवासीय नेपाली संघ जापान एनसिसीको साधारणसभा आगामी जनवरी ६ तारिखका दिन हुने भएको छ । साधारणसभा नाकानो जिरो हलमा हुने भएको हो । एनसिसी जापानको आठौ वार्षिक साधारणसभा जापानबासी नेपालीको सहभागिता, देशको सम्मृद्धि र लगानीमा हाम्रो प्रतिबद्धता भन्ने नारा तय गरिएको एनसिसी जापानका महासचिव बुद्धिराज घिमिरले जानकारी दिए । साधारणसभा जापानस्थित नेपाली राजदुत प्रतिभा राना र एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले उद्घाटन गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *