क्रिसमसको छुट्टीमा घरमै बसेर नेपाली टिभी तथा चलचित्र

क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवसरमा तपाईं कसरी रमाइलो गर्दै हुनुहुन्छ?

यो वर्ष ब्रिटेन तथा युरोपमा बस्ने सबै नेपालीहरुले आफुलाई मन परेका नेपाली चलचित्रहरु तथा नेपाली टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण आफ्नै मोबाइल फोन वा टेलिभिजन सेटमा हेरेर परिवारसंग रमाइलो गर्न सक्ने छन्।
‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप आफ्नो मोबाइल फोनमा डाउनलोड गरेर चर्चित नेपाली चलचित्रहरु तथा प्रमुख नेपाली टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण हेर्न सकिने नेपालको प्रतिष्ठित सांगीतिक संस्था म्युजिक नेपालले जनाएको छ।

“ब्रिटेन तथा युरोपमा बसीरहनुभएका दाजुभाइ दिदी बहिनीहरुले आफ्नो परिवारसंग रमाइलो गरी छुट्टी मनाइरहनुभएको बेला नेपाल अन डिमान्ड एपबाट थप रमाइलो गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं,” म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले भने।

नेपाल अन डिमान्डमा लग इन गरेपछि पहिलो ४८ घन्टा तत्काल पहुँच पाइने र त्यो निशुल्क हुने म्युजिक नेपालले जनाएको छ।
प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा कान्तिपुर टिभी, नेपाल टेलिभिजन, हिमालय टिभी, एपिवान टिभी र न्युज २४ छन्। कान्तिपुर र एपिवान एचडी फर्म्याटमा हेर्न सकिनेछ। त्यसैगरी कम्तीमा १२५ वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध हुनेछन् भने हरेक साता एउटा चलचित्र थप गर्दै लगिने पनि म्युजिक नेपालले जनाएको छ।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ। त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्नेछन्।
यी सेवाहरु प्राप्त गर्न ग्राहकहरुले www.nepalondemand.com गएर निशुल्क परीक्षणकोलागि रजिष्टर गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एपहरु डाउनलोड गर्नुपर्नेछ। त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिनेछ।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने आफ्नो मान्यता अनुरुप म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत नेपालीहरुले नै शुरु गरेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कलाई प्रदान गरिने म्युजिक नेपालले जनाएको छ।

“संसारभरि नेपाली समुदायसंम नेपाली संगीत तथा कलालाई पुराउने म्युजिक नेपाल प्रालिको अभियानमा साझेदार बन्न पाएकोमा हामी निकै खुसी छौं,” काठमाडौंस्थित हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले भने। “तपाईंहरुले नेपाली टेलिभिजन, संगीत तथा फिल्महरुबाट मनोरन्जन लिइरहँदा तपाईंहरुले तिरेको शुल्कबाट एक निश्चित रकम नेपालमा स्वास्थ्य, शिक्षा तथा मानवीय सहायताको कामलाई सघाउन खर्च हुने थाहा पाउँदा तपाईंहरुलाई अवश्य पनि खुसी तथा सन्तोष लाग्नेछ।”
www.helpnepal.net मा गएर हेल्प नेपाल नेटवर्कका गतिविधिहरुबार जानकारी लिन सकिन्छ।

स्ट्रीमिङ प्रविधि
यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने शर्माले बताए। नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ।
बेलायतमा बसोबास गर्ने ग्राहकहरुले प्रति ग्राहक मासिक ७.९९ पौण्ड तथा दुई जना ग्राहकले प्रति महिना ९.९९ पौण्डमा यी सबै सेवाहरु प्राप्त गर्नसक्नेछन्। त्यस्तै सेवा शुल्क प्रति ग्राहक वार्षिक ७९.९९ र दुई जना ग्राहककालागि वार्षिक ९९.९९ तोकिएको छ।

“हामी बेलायतस्थित नेपालीहरुका व्यवसाय र कंपनीहरुको प्रगतिका भरपर्दो साझेदार बन्न चाहन्छौं। ग्राहकहरुले कुनै समस्या व्यहोरेमा हामीले २४ सै घन्टा फोनबाट सेवा दिनेछौं र हाम्रो प्राविधिक टोली तपाईंहरुलाई भरपर्दो सेवा दिन उपलब्ध हुनेछ,” नेपाल अन डिमान्ड एपका एकजना परामर्शदाता रवि दानीले भने।

सन् १९८२ मा स्थापित म्युजिक नेपाल प्रालि (www.musicnepal.com) नेपालकै पहिलो निजी संगीत कंपनी हो। नेपाली कलाकारहरुलाई उहाँहरुको सांगीतिक एल्बम बिक्रीवापत निश्चित प्रतिशत रकम रोयल्टीको रुपमा प्रदान गर्ने प्रचलन म्युजिक नेपालले नै शुरु गरेको हो। त्यस्तै प्रतिलिपि अधिकारसंबन्ध‌ि नेपालको पहिलो कानुन निर्माणमा पनि म्युजिक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *