लन्डन नेपाली दूतावासले थप एक करोड 
पठाउने :

26 April 2015 london 119लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूकम्प पीडितका लागि थप एक करोड 
रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाउने भएको छ । दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकममध्येबाट फेरि एक करोड रुपैयां पठाउन लागेको हो । यसअघि एक करोड रुपैयां (६५ हजार पाउण्ड) नेपाल गइसकेको छ ।

नेपाल ब्रिटेन उद्दार तथा राहत कोष मुल समितिको सोमबार सांझ बसेको बैठकले दोश्रो चरणमा उक्त रकम पठाउने निर्णय गरेको समितिका संयोजक एवं कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । क्षेत्रीले हालसम्म कुल एकलाख ३३ हजार पाउण्ड संकलन भइसकेको र संकलन कार्य जारी रहेको बताए ।

क्षेत्रीले बेलायतस्थित विभिन्न संघसंस्थालाई आफूले संकलन गरेको रकम पीडितसमक्ष ढिला नगरि पठाइदिन अपिल गरेका छन् । ‘भूकम्प पीडितलाई तत्काल सहयोग आवश्यक छ’, क्षेत्रीले भने, ‘हामीले यहां होल्ड गरेर राख्दा त्यो रकमको उचित समयमा सदुपयोग नहुन सक्छ, त्यसैले तत्काल पठाइदिन हाम्रो आग्रह छ ।’

दूतावास कोषमा आसमाइ कल्चरल ट्रष्ट, हिन्दू वेलफेयर एसोसिएसन अफ इसेक्स, नेपलिज डक्टर्स एसोसिएसन, शिव गुरु रविदास सभा साउथहल, यू डोनेट फाउण्डेशन, लन्डन दूतावास कर्मचारी, पाल्पाली भन्ज्याङ यूके, डा. राघवप्रसाद धिताल (ओबिइ), वाटफोर्ड नेपलिज कम्युनिटी, ब्रेकनेल नेपलिज सोसाइटी, योर ड्राइभिङ इन्सटिच्युट आदिले रकम हालेका छन्