एनआरएनए अफ्रिका बैठकको प्रमुख अतिथि युगान्डाकी मन्त्री बुलाकुबुजा

शिव भण्डारी/लन्डन

गैर आवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठककोे प्रमुख अतिथि युगान्डाको राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायो हुने भएकी छिन् । बैठकमा युगान्डा हेर्ने इजिप्ट स्थित नेपालका राजदूत झबेन्द्र अर्याल , एनआरएनए पुर्व अध्यक्ष जीवा लामिछाने, अध्यक्ष भबन भट्ट, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको समेत उपस्थिति हुनेछ ।

बैठकको युगान्डाका सांसद , उद्योग वाणिज्य संघका अध्यक्ष, उधोगपतीहरुको समेत उपस्थिति रहनेछ । सम्मेलनमा विकासका अनुभवहरु साँटासाँट मुल एजेन्डा रहेको छ । अफ्रिका र नेपालका आर्थिक समृद्धि र बिकासका अनुभवहरु बारे कार्यपत्रहरु प्रस्तुत हुनेछन ।

साथै अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले समेत यहाँका बिकास परियोजनाका अनुभवहरु नेपालमा कसरी लगानी र प्रबिधिका रुपमा लग्न सकिन्छ बारे कार्यपत्र प्रस्तुत गर्नेछन । त्यसबाहेक नेपालीले अफ्रिकामा नेपालीहरुलाई भोग्नु परेका समस्याका बारेमा समेत छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *