लन्डन । गैरआवासीय नेपाली संघ ( एनआरएन ) अफ्रिका क्षेत्रको आगामी डिसेम्बर २९ र ३० तारिखमा तेस्रो क्षेत्रीय सम्मेलन हुँदैछ । सम्मेलन तयारीलाई तीब्र पारेको एनआरएनले सम्मेलनको लागि विभिन्न पाँच बुँदे एजेन्डा तय गरिएको छ ।
एनआरएन अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक सुनिल कार्कीका अनुसार सम्मेलनका लागि विभिन्न पाँच एजेन्डाहरु तय गरिएको हो । सम्मेलनमा गैरआवासीय नेपाली अभियानमा अफ्रिकामा रहेका नेपालीहरुको भूमिका, एनसिसीलाई सकृय बनाउने विषय र विशेष गरि मावन तस्करीको विषयमा जोडदार रुपमा छलफल गरिने संयोजक कार्कीले जानकारी गराए ।






