सिद्धार्थले किन छोडे ‘कलंक’ ?

अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो आगामी फिल्मको लागि आफ्नो छुट्टै लुक्सलाई प्रयोग गरिरहेका छन् । अभिनेता मल्होत्राले गत आइतबार सम्पन्न भएको ‘लक्स गोल्डेन अवार्डस् २०१८’को दौरानमा मिडियाहरुसँग कुराकानी गरेका छन् । सिद्धार्थको आगामी फिल्ममा रोमान्स र कमेडीले भरिपूर्ण ‘जबरिया जोडी’, प्रेम कहानी ‘मरजावा’ र कारगिल युद्धमा शहिद भएका क्याप्टेन विक्रम बत्राको जीवनीमा बनिरहेको बायोपिक फिल्मा सामेल छन्, जहाँ उनी बेग्ला बेग्लै नजरमा देखिनेछन् ।

सोही अवार्डको दौरानमा मिडियासँग कुराकानी गर्दै उनले भने, ‘अहिले म ‘जबरिया जोडी’ फिल्मको सुटिङ गरिरहेको छु । यसै कारण म र परिणीति चोपडा लखनाउमा यसको सुटिङ गरिरहेका छौं । त्यसपश्चात म ‘मरजावा’ फिल्मको सुटिङ गर्नेछु । जहाँ मैले तारा (सुतरिया) र राकुल प्रित (सिंह)को साथमा काम गरिरहेको छु ।’

उनले थपे, ‘मैले फिल्म ‘जबरिया जोडी’ र अर्को फिल्म ‘मरजावा’को सुटिङ सकिसकेपछि विक्रम बत्राको बायोपिक फिल्मको सुटिङ सुरु गर्नेछु । त्यसैले अहिले यी फिल्महरुको लागि समय निकालिरहेको छु । म यसको लागि प्रशिक्षणमा छु । हामी यी फिल्महरुको लागि मेरो लुक्सलाई भरपुर प्रयोग गरिरहेका छौं ।’

सिद्धार्थले किन छोडे ‘कलंक’ ?

पछिल्लो समय समाचारमा आए अनुसार माधुरी दीक्षित नेने र सञ्जय दत्त (मुन्ना भाई) स्टार फिल्म ‘कलंक’मा अभिनेता सिद्धार्थले साइन् गरेका थिए । तर डीएनए वेबसाइटमा प्रकाशित एक समाचार अनुसार फिल्मको सुटिङ सेड्युलको मिति आएपछि सिद्धार्थले सो फिल्मबाट आफ्नो हात झिकेका छन् । अनुराग बसुको निर्देशनमा बन्दै गरेको यो फिल्ममा अभिनेता सिद्धार्थको अपोजिटमा अभिनेत्री तापसी पन्नुलाई लिइएको छ ।

यो फिल्मको लागि अभिनेत्री तापसीको साथमा अर्का अभिनेता अर्जुन कपूरलाई पनि साइन् गराइएको थियो । तर सुटिङको मिति नमिलेपछि उनले पनि फिल्मबाट आफ्नो हात झिकिसकेका छन् । अब यो फिल्मको लागि निर्माण पक्षले कुन अभिनेतालाई चुन्दै छन्, त्यो भने पछि नै थाहा हुनेछ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *