अमेरिकाको मर्सी अस्पतालमा आक्रमण : डाक्टरसहित ४ को मृत्यु

अमेरिका। अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं छन् ।

नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन् ।

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर गोली चलाउने व्यक्तिले ३ जनाको हत्यापछि आफैंलाई किन गोली हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *