पत्रकार महासंघका अध्यक्ष डा. बिष्ट लन्डन उत्रिए

12803112_1061247540563699_2997555271778347983_n[1]लण्डन ,

नेपाल पत्रकार महासंघ यूकेको आइतवार सम्पन्न हुने तेस्रो अधिवेसनमा भाग लिन नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्ट लन्डन आइपुगेका छन् ।  बिष्ट शुक्रवार बिहान लन्डनस्थित हित्रो विमानस्थलमा उत्रेका हुन् । बिहान सबेरै हिथ्रो विमानस्थल उत्रंदा नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जा  साथै पत्रकार विमला सेने ध्रुवराज अर्याल लगायतले स्वागत गरेका थिए ।

सोही अधिवेसनमा भाग लिन कोषाध्यक्ष सुर्यमणि गौतम, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेल आजै लन्डन आइपुगे । महासंघको महासचिब महासचिव उजिर मगर यसअघि नै लन्डन आइसकेका छन् । उपाध्यक्ष अनिता बिन्दु आजै साँझ लन्डन उत्रिने तयारीमा छन् । शाखाको तेस्रो अधिवेसनले नयां कार्यसमितिको समेत चयन गर्ने छ ।

आइतवार सम्पन्न निर्वाचन मनोनयमा अध्यक्षका लागि नरेश खपांगी मगरको मात्र उम्मेदवारी परेको छ । अध्यक्षसंगै सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि निर्विरोध भएका छन भने ८ जना सदस्यको पदमा ४ जनाको मात्रै उम्मेदवारी परेको छ ।

सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पुर्ण गुरुंग र सहकोषाध्यक्षमा रोशन राई एक्ला उम्मेदवार भएपछि निर्विरोध भए । सदस्यहरुमा नृपेश उप्रेती, सुजन पराजुली, नरेन्द्र बस्नेत र भावना परिस्कृत राई पनि निर्विरोध नै भएका छन ।

वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र धर्मराज अधिकारी, उपाध्यक्षमा ध्रुबराज अर्याल र मिलन वाग्ले तथा महासचिवमा लिलामान शेरपुञ्र्जा र नारायण गाउंलेको उम्मेदवारी कायम छ ।

लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा हुने अधिवेसनमा बेलायतस्थित राजनैतिक दल, सामाजिक संघसस्थाका प्रमुख लगायतले शुभकामना दिने कार्यक्रमतय गरिएको छ ।