शिब भण्डारी
लण्डन । एसोसिएसन अफ नेप्लिज मधेसी इन युकेले लण्डनको फेल्थाम कलेजमा छठ मनाएको छ । 
गत शनिबार नोभेम्बर १७ का दिन विशेष समारोहसहित छठ मनाइएको हो ।
उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत विशेष उपस्थिति थियो । प्रमुख अतिथी नेता नेपालले मैथिली र नेपाली भाषामा शुभकामना दिंदै लन्डनमा समेत छठ मनाउन पाउंदा खुशी लागेको बताए । उनले जहां रहेपनि नेपाली कला, संस्कृति, परम्परा र चाडवाड कहिल्यै नभुल्न आग्रह गरे ।
कार्यक्रममा बेलायतका नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले भूगोलले टाढा भएपनि मन मस्तिष्कमा मातृभूमि राखिराख्न अपिल गरे ।
उक्त अवसरमा एनआरएनए यूके महासचिव आरके त्रिपाठी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बेलायतका मधेशी नेपालीका साथै अन्य समुदायका नेपालीले समेत भाग लिएको आयोजक भाग्यनारायण रायले जानकारी दिए । 
कार्यक्रममा तराई मधेसको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सो अवसरमा गुडिया यादव, मन्जु साह, शोभा सिंह, अर्चना साहिल र स्वती पटेलले लेडिज डान्स तथा सलोनी साह, श्रीतु सिंह, सुबु सिंह, आरजु सिंह, अर्चिता साह, स्नेहा साह र पल्वी यादवले देशी गर्ल डान्स देखाएका थिए । छठ गीतमा रश्मी साहले नाच देखाइन् ।
कार्यक्रममा अजय प्रसाद साहले स्वागत मन्तव्य दिए । कार्यक्रम पुस्कर पटेलले सञ्चालन गरेका थिए । उदय शंकर सिंह, राम सुरेन्द्र शाह, राम विश्वास राय र सुरेन्द्र शाहले कार्यक्रम व्यवस्थापनमा सघाएका थिए । कार्यक्रममा एनआरएनए केन्द्रिय सदस्य रामशरण सिमखडा बिराज भट्ट लगायतको उपस्थिती थियो ।
यस्तो देखियो लाइभ कार्यक्रम हेर्नुस भिडियो–






